( १६८ ) दायित्व बोधको पर्व – पिता सम्मान दिवस ।

 ( १६८ ) दायित्व बोधको पर्व – पिता सम्मान दिवस ।
           दैनिक जीवनका अनुभवहरु
           २०७२ भाद्र २७ गते आइतवार
आज भाद्र औंसी । नेपाल भाषा ( नेवारी ) मा “ब्वाया ख्वा स्वेगु औंसी।”  नेपाली भाषामा ” पिता सम्मान दिवस ।” सर्वसाधारणको बोलाचालीमा ” बाउ खुवाउने औंसी।” अंग्रेजीमा ” Father’ Day”.

बुबा हुंने छोराछोरीले आफ्नो जन्मदाता लालन पालन कर्तालाई  सम्झेर सम्मान गर्नु पर्ने । छोराछोरी वयस्क भए,परिवारमा संगै भए पितालाई दैनिक जीवनका क्रियाकलापमा काँधमा काँध मिलाइ सहयोग गर्नु पर्ने ।स्वदेशैमा नोकरी व्यवसायको सिलसिलामा घरदेखि टा-ढा भए  निरन्तर संचार संपर्कमा रही रहेर निर्देशन, सर सल्लाह अनुसार कार्य सम्पादन गर्ने । विदा मिलाइ वा विदाको बेलामा घर आई सपोर्ट गर्ने । धेरै टाढा विदेशमा रहे हप्ता, पन्द्र दिनमा सामाजिक संजाल मार्फत सन्चो बिसन्चो सोधनी गरेर भावनात्मक सम्बन्धको गाँठो कसेर राख्नु पर्ने । संभव भए मातापितालाई बोलाइ भ्रमण गराउनु पर्ने । बढीमा दुई वर्षको समयको अन्तरालमा आफ्नो थातथलोमा फर्कनु पर्ने । परिवार र स्वदेशसंग पारिवारिक, सामाजिक, धार्मिक – साँस्कृतिक र राजनैतिक सम्बन्ध नवीकरण गर्न पर्ने । बृद्ध मातापिता भए पारिवारिक वातावरणमा संगै बसी सेवा गर्नु पर्ने । उनीहरुलाई बृद्धाश्रममा राख्ने योजना बनाउने भूल नगर्ने ।
यी नै हुंन् नेपालको धर्म, संस्कृति र नैतिकता अनुसार छोराछोरीले पितामाताप्रति वहन गर्नु पर्ने कर्तब्य र दायित्वहरु । नेपाल आमाका सन्ततिहरु कर्तब्यनिष्ठ भई यीनै कामनाहरु परिपूर्ती गर्न सफल होऊन् । यही शुभेच्छा राख्दछु ।